arrow

सिजीले ल्यायो 'नयाँ वर्ष, नयाँ प्रविधि' उपहार योजना

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
h.png

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको नयाँ वर्षलाई लक्षित गर्दै आफ्नो 'नयाँ वर्ष,नयाँ प्रविधि' नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८प्रतिशतसम्म 'क्यासब्याक'साथै अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्नेछन।


उक्त योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन । सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्नसक्ने तथा वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ। यसैगरि सिजी ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ ।


यो आकर्षक योजना  चैत्र १८,२०७५ देखि देशभरमा सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ