arrow

सडक दुर्घटनामा बीसको मृत्यु

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
dead2.jpg

याङ्गुन ।  म्यानमारको मन्दालाए राजमार्गमा गत महिना भएका सडक दुर्घटनाहरुमा  कम्तीमा २० जनाको मृत्यु हुनुका साथै एकसय १३ जना घाइते भएका प्रहरी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

म्यानमारको सबभन्दा व्यस्त राजमार्गमा मार्च महिनामा मात्र ५१ ओटा सडक दुर्घटना भएको बताइएको छ । राजमार्गमा हुने सडक दुर्घटनाहरु प्रायः मानवीय गल्तीका कारण हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

क्षमताभन्दा बढी यात्रु चढाउने, चालकले जथाभावी र उँघेर सवारी साधन हाँक्नेजस्ता कारणहरुले गर्दा दुर्घटना हुने बताइएको छ ।

याङ्गुनको मन्दालाए राजमार्गमा सन् २०१८ भरमा चारसय ७३ ओटा दुर्घटना भएको र एकसय ३ जनाको मृत्यु हुनुका साथै आठसय ७७ जना घाइते भएको जनाइएको छ । देशको व्यापारिक शहर याङ्गुन र दोस्रो ठूलो शहर मन्दालाए हो ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ