arrow

हावाहुरीबाट प्रभावितलाई प्रदेश ३ द्वारा एक करोड राहत

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
pradesh-3.jpeg

हेटौँडा । प्रदेश नं ३ ले बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई आवास निर्माण गर्न राहत स्वरुप रु एक करोड प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई  एक लाख उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ