arrow

काँग्रेसका निर्वाचित को को छन् अविवाहित

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
congress-unmarried-cwc-member.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको राजनितिमा विवाहले विषेश अर्थ राखेको पाईन्छ । काँग्रेसका अधिकांश शिर्ष नेताहरु कोही जीवनभरी अविवाहित नै रहे भने कोही विवाहपछि पनि लामो समय दाम्पत्य जीवन विताउन पाएनन् । 
 
काँग्रेसका निवर्तमान सभापति सुशील कोईराला र पुर्वसभापति कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित नै रहनु भयो । अर्का पुर्व सभापति गिरिजाप्रसाद कोईरालाले निकै छोटो समय मात्रै दाम्पत्य जीवन पाउनुभयो । 
 
नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पनि निकै ठिलो विवाह गर्नु भयो । मुलुकको गृहमन्त्री भएका बेला उहाँले डा. आरजु राणासंग विवाह गर्नु भएको हो । 
 
अहिलेको केन्द्रीय समितिमा अन्य नेताहरु पनि यस्ता धेरै छन्, जो कतिपय अहिले सम्म पनि अविविवाहित नै छन् भने कतिपयले निकै ढिला मात्रै विवाह गरेका छन् । 
 
केन्द्रीय समितिमा नवनिर्वाचित अविवाहितहरु मध्ये महिलाहरु नै धेरै पाइएको छ । हामीले थाहा पाएसम्म ६४ सदस्यीय निर्वाचित केन्द्रीय समितिमा पाँच जना मात्रै अविवाहित छन्, त्यस मध्ये दुई जना मात्रै पुरुष नेता अविवाहित छन् भने तिन जना महिला नेतृ अविवाहित छन् । 
 
१३औं महाधिवेशनमा अत्याधिक धेरै मतदाताले मन पराएर प्रदीप पौडेलले अहिले सम्म विवाहका लागि कसैलाई मन पराएको देखिएको छैन् । उमेरको हिसावले ४० को हाराहारीमा रहेका पौडेल अहिले सम्म अविवाहित नै छन् । उनको विवाहको संभावना भने टरेको छैन । 
 
काँग्रेसका पुराना नेता फरमुल्लाह मनसुरको विवाहको संभावना भने न्युन हुदै गएको छ । ६० बर्ष नाघेका मन्सुरले अहिले सम्म विवाह गरेका छैनन्, त्यसैले अव विवाह गर्ने संभावना न्युन रहेको उनलाई चिन्नेहरु बताउछन् । ामो समय राजनितिमा सक्रिय मुस्लिम समुदायका मन्सुर काँग्रेस भित्र इमान्दार र सोझा नेताका रुपमा चिनिन्छन् ।
 
महिला संघकी पुर्वअध्यक्ष तथा सांसद अम्वीका बस्नेत उमेरले ५० नाघि सकेकी छन्, तर पनि विवाह गर्न भ्याईनन् । उनी काठमाडौं निवासी हुन् । बस्नेत यसअघि पनि केन्द्रीय सदस्य थिईन भने अहिले पनि महिला आरक्षणबाट केन्द्रीय सदस्य भईन् । 
 
झापा घर भएकी सरिता प्रसाई उमेरले ४० बर्ष काटेकी छिन् । महिला आरक्षणबाट केन्द्रीय सदस्य भएकी प्रसाई अहिले पहिलो पटक केन्द्रीय सदस्य भएकी हुन् । उनी समानुपातिक तर्फबाट सांसद पनि छिन् । 
 
दलित महिला कोटाबाट दोस्रो पटक केन्द्रीय सदस्य भएकी सुजाता परियारको घर इलाम हो। मनोनित सांसद समेत रहेकी परियार राजनितिमा निकै सक्रिय देखिन्छीन् । 
 
काँग्रेसका अर्का दुई नेतृ रत्ना शेरचन र सिता गुरुङले भने केही समय अगाडी मात्रै विवाह गरेका छन् । नेतृ शेरचनले निकै ढिला गरेर काँग्रेसकै नेता सुनिल भण्डरीसंग विवाह गरेकी हुन् । भण्डारी गिरिजाप्रसाद कोईराला नेतृत्वको कार्यसमितिमा केन्द्रीय सदस्य थिए । 
 
अर्का चर्चित नेता प्रदीप गिरीको विवाहका बारेमा भने उनका निकटस्थहरुकै फरक फरक मत पाईन्छ । भारती सिलवालसंग संगै बस्दै आएका गिरीले भारतीसंग औपचारिक विवाह नगरेकाले उनीहरको विवाह मान्ने की नमान्ने आ आफ्नै तर्क पाईन्छ । 
 
काँग्रेसमा विवाहका सन्दर्भका पुर्वसभापति तथा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनशैली सर्वाधिक चर्चाको विषय हुने गरेको छ । उनले विवाह त गरेनन् तर अनिता कपालीलाई सहयोगी बनाएर संधैसंगै राखे । यसलाई अनौठो मानिएपनि अपाच्य भने मानिएको छैन । 
 



नयाँ