arrow

विराट कोहलीको कप्तानी संकटमा, आइपिएलको पुछारमा बैंगलोर

बुधबार चेन्नाई सुपर किङस र मुम्बई ईन्डियन्सबीच भिडन्त

logo
प्रकाशित २०७५ चैत २० बुधबार
birat-kohali.jpg

काठमाडौं । विश्वकप क्रिकेट सुरु हुन केही समय बाँकी रहँदा भारतीय कप्तान विराट कोहलीको कप्तानी संकटमा परेको छ ।

भारतीय राष्ट्रिय टिमकै कप्तान कोहली सबैभन्दा सफल कप्तानमध्येका एक पनि मानिन्छन् । तर आइपिएलमा उनको भूमिकाप्रति चर्चा चल्न थालेको छ । 

भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा कोहलीको टिमले चार खेल खेलिसक्दा एक अंकसमेत बटुल्न सकेको अवस्थामा अब कप्तानीमाथि नै प्रश्न खडा भएको छ । 

कोहलीको व्यक्तिगत प्रदर्शन समेत राम्रो हुन सकिरहेको छैन । कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरले मंगलबार रातिको खेलमा अर्को कमजोर आँकिएको टिम राजस्थान रोयल्ससंग ७ विकेटको पराजय बेहोरेको छ । 

जयपुरमा भएको खेलमा घरेलु टोलीले १५९ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १९.५ ओभरमा पूरा गरेको हो । जोस बटलरले ४३ बलमा ५९ रन बनाए । 

डेभिड स्मिथले ३१ बलमा ३८, राहुल त्रिपाठीले २३ बलमा ३४ र कप्तान अजिन्क्या रहानले २० बलमा २२ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले ४ विकेटको नोक्सानीमा १५८ रन बनाएको थियो । 

कोहलीले २५ बलमा २३ रन बनाए । पार्थिव पटेलले ४१ बलमा ६७ रन बनाए । मार्कस स्टोइनिसले २८ बलमा नटआउट ३१ रन बनाए । 

यो खेलपछि बैंगलोर अंकविहीन भएर पुछारमा छ भने राजस्थानले अंकको खाता खोलेको छ । 

बुधबार चेन्नाई सुपर किङस र मुम्बई ईन्डियन्सबीच भिडन्त
बुधबार चार पटकको च्याम्पियन चेन्नाई सुपर किङस र तीन पटकको मुम्बई इन्डियन्स खेल्दैछन् । 

मुम्बईमा राति ८ः१५ बजे हुने खेल जितेर डिफेन्डिङ च्याम्पियन चेन्नाई जितको यात्रालाई निरन्तरता दिन चाहन्छ भने छैटौं स्थानमा रहेको मुम्बई अंक टेबल सुधार्न चाहन्छ । 

चेन्नाईको ३ खेलबाट ६ अंक छ भने मुम्बईको २ अंक मात्र छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ