arrow

म्यान्चेस्टर युनाइटेडको विजोग, कप्तानलाई रातो कार्ड, स्मलिङको आत्मघाती गोल  

logo
प्रकाशित २०७५ चैत २० बुधबार
manutd14.jpg

काठमाडौं । इङलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडको कमजोर लय फेरि देख्न थालिएको छ ।

ओले गुनर सोल्सायर म्यान्चेस्टरको अस्थायी प्रशिक्षक हुँदासम्म अधिकांश खेल जितेर चमत्कार गरेको युनाइटेडले सोल्सायर स्थायी प्रशिक्षकमा नियुक्त भएपछि पुरानै धार पकडेको हो । 

टिमले खराव प्रदर्शन गरेकै कारण यसअघि प्रशिक्षक जोजे मौरिन्होलाई क्लबले निकालेको थियो । 

सोल्सायर स्थायी भएपछिको पहिलो हार भोग्ने क्रममा मंगलबार राति युनाइटेडले वुल्भरह्याम्पटन वान्डेरर्ससंग २–१ को पराजय भोग्नुपर्यो । 

It all started so brightly for United when Scotland midfielder Scott McTominay struck his first goal for the club from range

वुल्भरले घरेलु मैदानमा सुरुआती १३ मिनेटमा गोल खाँदै पछि परे पनि त्यसपछि भने जित निकाल्यो । 

स्काट टोमिनाईले १३ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो जोटाले २५ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

Diogo Jota played a starring role throughout as Wolves once again proved to get the better of Manchester United on home soil

५७ औं मिनेटमा पाहुना टोलीका कप्तान एस्ले योङ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित बनेको थियो ।

The veteran defender, deployed at centre back, rashly went in on Jota as Mike Dean gave his 100th Premier League red card

क्रिस स्मलिङले ७७ औं मिनेटमा आत्मघाती  गोल गरेपछि खेल उल्भ्सको पक्षमा गएको थियो । 

पछिल्लो हारले शीर्ष चार भित्र रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने युनाइटेडको लक्ष्यमा धक्का लागेको छ ।

Wolves had a combination of Phil Jones and Chris Smalling to thank for the winning goal as the latter put through his own net

लिगमा ३२ खेलबाट पाँचौं स्थानमा रहेको युनाइटेडको ६१ अंक छ भने ३१ खेलबाट ६० अंकको चेल्सी छैटौं स्थानमा छ । 

लिभरपुल ७९ अंकसहित पहिलो, म्यान्चेस्टर सिटी ७७ अंकसहित दोस्रो, आर्सनल ६३ अंकसहित तेस्रो र टोटनह्याम ६१ अंकसहित चौथो स्थानमा छ । म्यान्चेस्टर युनाइटेडले वुल्भरलाई हराएको भए मंगलबार राति तेस्रो स्थानमा पुग्ने थियो । 

लिगको मंगलबार रातिको अर्को खेलमा वाट्फोर्टले घरेलु मैदानमा फुल्हममाथि ४–१ को शानदार जित निकाल्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ