काठमाडौं । विराट पेट्रोलियमले पेट्रोलियम पदार्थको कालोबजारी गरेको भन्दै सत्तारुढ दल नेकपा एमाले निकट विद्याथी संगठन अनेरास्वियूले अख्तीयारलाई गुहार्ने भएको छ ।
अखिलले अपादरदर्शी तरिकाले दिइएको लाइसेन्सले कालोबजारी बढाउने निश्कर्ष निकाल्दै लाइसेन्स खारेजीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको हो ।
संगठनले केही समयदेखि कालोबजारी विरुद्धको कार्यक्रम संचालन गरेको र यही सिलासिलामा आज अख्तियारमा निवेदन दिन थालिएको संगठनका अध्यक्ष नविना लामाले बताइन् ।
उनले कालोबजारीका विरुद्धमा एक हप्ते अभियान समेत शुरु गरिएको जानकारी दिईन ।