arrow

भारतले अमेरिकाबाटे २४ लडाकु हेलिकप्टर लिँदै

logo
प्रकाशित २०७५ चैत २० बुधबार
helicoptor-mh60r.jpg

काठमाडौं । भारतले अमेरिकासंग २४ वटा लडाकु हेलिकप्टर किन्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले भारतलाई २४ वटा एमएच–६० आर रोमियो सिहक हेलिकप्टर बेच्ने भएको हो । 

यसको मुल्य २.४ अर्ब अमेरिकी डलर रहेको छ । यी हेलिकप्टर लकहिड मार्टिन कम्पनीले बनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिक्रीको नोटिफिकेशन जारी ग्रेको हो । 

यो सम्झौतापछि भारत र अमेरिकाको राजनीतिक मित्रता अझै बढी मजबुद हुने दावी गरिएको छ । यो सम्झौताले इन्डो प्यासिफिक तथा दक्षिण एसियामा स्थायीत्व शान्ति कायम राख्न मद्धत मिल्ने दावी समेत गरिएको छ । 

यो रोमियो हेलिकप्टरले भारतीय सेनाललाई जमिन र पनडुब्बी सुरक्षा क्षमतामा मद्धत पुग्ने बताइएको छ । 

अमेरिकाले यसको सहयोगमा घरेलु स्तरमा भारतको सुरक्षा मजबुद हुने र क्षेत्रीय शुत्रहरुलाई कब्जामा लिन पनि सजिले हुने दावी गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ