arrow

मोदीले भने –७० वर्षमा नगरेको काम पाँच वर्षमा कसरी पूरा गर्ने ? 

logo
प्रकाशित २०७५ चैत २० बुधबार
70-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काँग्रेस आईले ७० वर्षमा पूरा गर्न नसकेको काम आफूले पाँच वर्षमा गरेर देखाउन नसक्ने बताएका छन् । 

मंगलबार ओडिशा र बिहारका तीन चुनावी र्यालीलाई सम्वोधन गर्ने क्रममा भारतीय जनता पार्टीका नेतासमेत रहेका मोदीले आफूले पाँच वर्षमा सबै काम पूरा गर्ने दावी नगरेको बताए । उनले भने, ‘उनीहरुले ७० वर्षमा गर्न नसकेको काम पाँच वर्षमा कसरी पूरा गर्ने ?’

र्यालीमा कांग्रेस तथा बिजदलाई निशाना बनाउँदै उनले भने, ‘विपक्षीले भोट बैंकका लागि गरिबलाई गरिब नै बनाइराख्ने योजना ल्याएको छ ।’

गयामा मंगलबार बोल्दै मोदीले भने, ‘तपाईको यो चौकीदारले जे गरेको छ त्यसबाट तपाई खुसी हुनुहुन्छ ? बाँकी काम पनि यही चौकीदारले पूरा गर्छ ।’

मोदीले विपक्षीमाथि आरोप लगाउने क्रममा काँग्रेसले करौडौं मानिसमाथि हिन्दू आतंकवादको दाग लगाउन खोजेको आरोप पनि लगाएका छन् । उनले भनेका छन्, ‘के हिन्दूले कहिल्यै इतिहासमा आतंकवाद गर्ला ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ