arrow

आचार्य अस्पतालबाट फिर्ता; घरमै सघन किसिमको थेरापि उपचार

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
narahari-acharya.jpg.jpeg
काठमाडौं। काँग्रेस नेता नरहरि आचार्य अस्पताल डिस्चार्ज भएका छन्। न्यूरो सम्बन्धि उपचार सकाएर न्यूरो अस्पतालले २०७२ चैत १ गते आचार्यलाई घर पठाएको हो। उनको सघन किसिमको थेरापि उपचार घरमा भई राखेको छ। आचार्यको धेरै समय यसैमा बित्ने गरेको छ।
 
आचार्यको उपचारमा दिन-रात खट्नु हुने डा.उपेन्द्र देवकोटा र उहाँको टिमप्रति आचार्य परिवारले आभार ब्यक्त गरेको छ। उनको स्वास्थ्यको बारेमा चासो राखेर अस्पतालमा आउनु हुने, फोनबाट अवस्थाका बारेमा बुझ्ने र बिदेशबाट भाईवर, म्यासेन्जरबाट बुझनु हुनेप्रति पनि परिवारले आभार ब्यक्त गरेको छ।
 
अहिले पनि उपचारमा हुनु भएकाले भेटघाटलाई कम भन्दा कम गर्न डाक्टरले सल्लाह दिएका छन्। आचार्यलाई भेटन आउनेहरुलाई परिवारका सदस्यहरुले घरको तल बसेर भेट्ने गरिएको आचार्यका सहयोगी रामचन्द्र घिमिरेले जनाएका छन्। 
 



नयाँ