arrow

'व्यापार युद्ध, ब्रेक्जीटका कारण आर्थिक वृद्धि सुस्त '

logo
प्रकाशित २०७५ चैत २० बुधबार
ADB.jpeg

मनिला ।  एसियाली विकास बैंक (एडीबी)ले विकासशील एसियाली मुलुकहरुको गत वर्ष सन् २०१९ मा सुस्त रहेको आर्थिक वृद्धि सन् २०२० मा पनि थप सुस्त हुने बुधबार प्रक्षेपण गरेको छ । चीन–अमेरिकाबीचको तिक्त व्यापार युद्ध र अस्तव्यस्त ब्रेक्जीटका कारण आर्थिक जोखिम बढेको बैंकको निष्कर्ष छ ।

एसिया–प्रसान्त क्षेत्रका ४५ मुलुकहरु विकासशील एसियाली समूहमा रहेका छन् । एसियाली विकास बैंकको आर्थिक परिदृश्य प्रतिवेदनमा यस वर्ष यी मुलुकहरुको आर्थिक वृद्धि ५.७ प्रतिशतको हाराहारीमा रहने उल्लेख छ । यस क्षेत्रमा सन् २०१८ मा ५.९ र सन् २०१७ मा ६.२ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरिएको थियो ।

सन् २०१९ को प्रक्षेपण गर्दा वर्षको अन्तिम महिना डिसेम्बरको प्रक्षेपण ५.८ प्रतिशतलाई आधार लिइएको बैंकले जनाएको छ । सन् २०२० मा आर्थिक वृद्धि ५.६ प्रतिशत मात्र हुनेछ, र यो सन् २००१ यताकै सबैभन्दा न्यून हो । “चीन र अमेरिकाबीचको बढ्दो तनाबले विकासशील एसियामा लगानी र वृद्धि दुबैमा ठूलो प्रभाव पारेको छ, र जोखिम अझ बढाएको छ,” एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सावादाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ऋण लगानीकर्ताहरु पनि अमेरिकी वित्तीय नीतिहरुबाट प्रभावित देखिएका छन् । युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)मा भइरहेको अलमलले पनि लगानीमा असर परेको छ । यी दुबै परिस्थितिले विश्वका उन्नत अर्थव्यवस्था भएका मुलुकहरु र विकासशील दुबै किसिमका मुलुकहरुमा चुनौती थपिएका छन् । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सन् २०१९ को आर्थिक वृद्धिको लक्ष्यलाई समायोजन गरी ६.५ प्रतिशतबाट ६ प्रतिशत बनाएको छ ।

बैंकका अनुसार एसिया प्रशान्त क्षेत्रमा दक्षिण एसियाको आर्थिक वृद्धि सबैभन्दा तीव्र गतिमा हुनेछ । यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धि ६.८ प्रतिशत हुनेछ, तर यो गत वर्षको ७.१ प्रतिशतभन्दा कम हो । अघिल्लो वर्ष यस्तो आर्थिक वृद्धि ६.९ प्रतिशत थियो । सन् २०१८ मा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो भने सन् २०१९ मा यो वृद्धि ७.२ प्रतिशत हुनेछ भने २०२० मा ७.३ प्रतिशत हुने अनुमान गरिएको छ ।

दक्षिण पूर्वी एसियाको आर्थिक वृद्धिदर भने अघिल्लो वर्षको ५.१ को तुलनामा यस वर्ष ४.९ प्रतिशत मात्र रहनेछ । मलेसिया, सिंगापुर, फिलिपिन्स र थाइल्यान्डको आर्थिक वृद्धि सोचेभन्दा कम हुने बैंकले जनाएको छ । अर्को वर्ष दक्षिण पूर्वी एसियाको आर्थिक वृद्धि ५ प्रतिशतको हाराहारीमा रहने छ ।

बैंकले विकासशील एसियाली मुलुकहरुको औसत मुद्रास्फिती २.५ प्रतिशत रहने अनुमान गरेको छ । यसअघि बैंकले मुद्रास्फिती २.७ प्रतिशत रहने अनुमान गरिएको थियो । सन् २०२० मा मुद्रास्फिती दरमा अझ कमी आई २.५ प्रतिशत हुने अनुमान बैंकले गरेको छ ।एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ