arrow

टानमा आर्थिक अनियमितता भएको खुलासा

logo
प्रकाशित २०७५ चैत २० बुधबार
taan.jpg

काठमाडौं। नेपालभरका पदयात्रा तथा पर्वतारोहण व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान)मा ब्यापक आर्थिक अनियमिता भएको खुलासा भएको छ ।

कर्मचारीहरुलाई दुई दुई महिनादेखि तलब नखुवाएको र नक्साल नारायणचौरमा रहेको बैंक अफ काठमाण्डौ र कान्तिपथको नेपाल बैंकमा रहेको संस्थाको खातामा शून्य ब्यालेन्स देखिएपछि संस्थाभित्रको आर्थिक हिनामिना छताछुल्ल भएको हो ।

कार्यसमितिका सदस्यहरुले सदस्यता नवीकरण गर्दा प्राप्त भएको रकम कहाँ गयो ? त्यसको खोजिनीति गर्न लागेका छन् । टानले पुस महीनामा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा संचालित तालिममा सहभागी हुन आह्वान गरेपछि ७ सय ६० जानले ८ हजार ५ सय रुपैयाका दरले तालिम शुल्क बुझाएका थिए । त्यसमध्ये संझौता अनुसार प्रतिष्ठानमा बुझाएर   रु ११ लाखभन्दा बढ़ी रकम बाँकी रहेको थियो ।

सो रकम संस्थाको बैंक खातामा राख्नु पर्नेमा नराखिकन संस्थाका महासचिव र कोषाध्यक्षको मिलोमतो ब्यक्तिगत खातामा राख्ने काम भएको सदस्यहरुले आरोप लगाएका छन् ।

टानले काटेको चेक बाउन्स भएर आएपछि यो रहस्यको उद्घाटन भएको थियो । फागुन महिनाको दोश्रो हप्ता बसेको टानको कार्यसमितिको बैठकले महासचिव र कोषाध्यक्षलाई एक हप्ताभित्र उक्त रकम टान को ख़ातमा जम्मा गरी फागुन २२ गते कार्यसमितिको बैठक डाक्न महसचिवलाई निर्देशन दिएको थियो ।

यसरी निर्देशन दिदा पनि आनाकानी गर्दै फागुन २२ गते बैठक नडाकेपछि अध्यक्षले महासचिवलाई पत्र काटी पुनः बैठक बोलाउन अर्को निर्देशन दिनुपरेको थियो ।

महासचिवले अध्यक्षको बारम्बारको तोकतापछि चैत्रको पहिलो हप्ता कार्यसमितिको बैठक त डाके तर आफूभने बिभिन्न बहाना बनाएर बैठक मा बस्दै बसेनन । यसरी बिभिन्न बहाना बनाउदै संस्थाको रकम हिनामिना गरेर पचाउने दुस्प्रयास गरेको आरोप उनीमाथि लागेको छ ।

टानमा लेखा अधिकृतको पद रिक्त भएपछि लेखा शाखामा कार्यालयको रकम संकलन गर्न राखिएकी एक सहायक स्तरकी कर्मचारीले उनलाई सघाएको बताइन्छ ।

बिगत डेढ़ बर्षदेखि लेखा अधिकृत नराखेर टानको कोषमा राईदाई भएको थाहा भएपछि कार्यसमितिले फागुनबाट एक जना लेखाअधिकृत नियुक्त गरेको छ ।

टिम्स रकमको पनि दुरुपयोग

नेपाल आउने पदयात्री पर्यटकको पदयात्रा सूचना व्यवस्थापन गर्नका लागि नेपाल सरकारले पर्यटन बोर्ड मार्फ़त टानलाई टिम्स् शुल्क संकलन गर्ने सुविधा दिएको छ । टिम्स इन्चार्जेले पनि आर्थिक अनिमियता गर्दै आएका छन । उनले पनि कार्यसमितिलाई जानकारी नगरी कार्यसमितिको निर्णय बेगर महासचिव र कोषाध्यक्षसंगको मिलोमोतोमा टिम्सको रकम कर्मचारीहरुलाई सापटी र कर्जामा दिएको पाइएको छ ।

महासचिव र कोषाध्यक्षले आफूले गरेका कर्तुतहरु ढाकछोप गर्न टानमा अन्तरंग तालिममा राखिएको कर्मचारीलाई जथाभावी तलव बृद्धि गर्ने, आफूखुसी समान खरीद गर्ने, अन्य कर्मचारीहरुले आवाज उठाउदा जागीर खाइदिने धम्की दिने जस्ता हर्कत गर्दै आएका छन् ।

कार्यसमितिले महासचिव र कोषाध्यक्षको मिलेमतोमा भएका अनियमित कामहरुलाई हालसम्म अनुमोदन गरेको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ