arrow

अपराजित चेन्नईको पहिलो पराजय

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
ipl-cricket.jpg

काठमाडौं। चेन्नई सुपर किंग्सले ईन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो पराजय भोगेको छ। मुम्बई ईन्डियन्सले चेन्नईलाई ३७ रनले पराजित गरेको हो।

चार खेल खेलेको चेन्नई तीन खेलमा बिजयी भएको छ भने मुम्बईले २ केल जितेको र २ खेल हारेको छ।

टस हारेर पहिले ब्याटीङ गरेको मुम्बईले  निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो। मुम्बईका सुर्यकुमार यादवले ५९ रन बनाएका थिए भने क्रुनाल पाण्ड्याले ४२ रनको योगदान दिएका थिए। हार्दिक पाण्ड्याले ८ बलमा ३ छक्का र १ चौकाको मदतले २५ रन बनाएका थिए।

जवाफमा ब्याटीङ गर्न आएको चेन्नईका लागि केदार जाधवले ५८ रन बनाएका थिए। कप्तान धोनीले २१ बल खेलेर १२ रन बनाएका थिए। चेन्नई १ सय ३३ रनमा समेटिएको थियो। 

मुम्बईका लागि लाशिथ मालिंगा र हार्दिक पाण्ड्याले ३-३ विकेट लिएका थिए । त्यसैगरि  बेहेर्नडोफले २ विकेट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ