arrow

नेपाल ओलम्पिक छनोटको पहिलो खेलमै सम्हालिन सकेन 

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
nepal-women-football1.jpg

काठमाडौं । टोकियो ओलम्पिक छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम पराजित भएको छ ।

बुधबार भएको पहिलो खेलमा नेपाल म्यानमारसंग उसकै मैदानमा ३–१ गोल अन्तरले पराजित भएको हो ।

म्यानमारलाई जित दिलाउन विन थिंगी तुनले दुई तथा यी यी ओले एक गोल गरिन् । नेपालका लागि कप्तान निरु थापाले एक गोल फर्काइन् ।

पहिलो हाफसम्म १–१ को बराबरी खेले पनि त्यसपछि सम्हालिन नसक्दा पराजयको मुख देख्नु परेको हो । 

पहिलो पटक ओलम्पिकको दोस्रो चरणमा नेपाल पुगेको हो । अब दोस्रो खेलमा नेपालले चैत २३ गते शनिबार अर्को प्रतिद्धन्द्धी भारतसंग खेल्दैछ । नेपालको अन्तिम प्रतिद्धन्द्धी इन्डोनेसिया हो । यो खेल चैत २६ गते हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ