arrow

आज सन्दीप लामिछानेको खेल छ, कीर्तिमान फराकिलो पार्ने मौका  

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
sandeep-lamichhene-delhi1.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बिहीबार तेस्रो खेल खेल्दैछन् । 

सन्दीपको टिम दिल्ली क्यापिटल्सले बिहीबार राति ८ः१५ बजे घरेलु मैदान दिल्लीमा सनराइजर्स हैदराबादसंग खेल्दैछ । 

दिल्लीले ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ । 

४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ । 

बिहीबार रातिको यो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ । उनले जारी १२ औं संस्करणमा तेस्रो खेल खेल्दैछन् । 

अघिल्लो वर्ष अन्तिम तीन खेल खेलेका सन्दीपले यसपटक भने सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाए । 

आफूलाई सशक्त खेलबाट अगाडि बढाएका सन्दीप टी–२० मा विभिन्न कीर्तिमान रच्दै गइरहेका छन् । विश्व बरियताको पाँचौं स्थानमा रहेका राशीदसँग सन्दिपको प्रतिस्पर्धा

जारी आइपिएलमा अन्य स्पिनरहरु नचलिरहँदा सन्दीपलाई कीर्तिमान तोड्ने अवसर बन्दै गइरहेको छ । सन्दीपले दुई खेलबाट तीन विकेट लिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ