arrow

कम्युनिष्टहरुको गढमा पुगेर मोदीले भने : बंगालको विकासको लागि 'दिदी स्पीड ब्रेकर'

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
70-modi.jpg

सिलिगुडी । बीजेपीको चुनाव प्रचारको क्रममा सिलिगुडी पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेस समेत बाम र कांग्रेसमाथि समेत गम्भीर आरोप लगाएका छन् । उनले बिहान सीएम ममता बनर्जीलाई बिकासको बाधक रहेको आरोप लगाए । 'स्पीड ब्रेकर दीदी' भन्ने ट्याग लगाउँदै मोदीले दिदीकै कारण बंगाल युगौंसम्म एउटै हालतमा रहेको आरोप लगाए । 

उनले बताए, 'ममता दिदी विकासका लागि स्पीड ब्रेकर हुन्। कांग्रेसलाई र ममता बनर्जीलाई गरिबी चाहनेहरुले मात्रै भोट दिने गरेको आरोप समेत लगाएका छन् । गरिबहरु जब बिरामी हुन्छन् । त्यतिबेला ठूलो समस्या उपचार खर्चका लागि नै हुने गरेको छ । हाम्रो सरकारले गरिबहरुको सरकारको लागि आयुष्मान भारत योजना मार्फत् प्रति वर्ष ५ लाख रुपैयाँको मद्दत गर्ने घोषणा गरिसकिएको छ । तर, स्पीड ब्रेकर दिदीले यस योजनामा पश्चिम बंगालमा रोकिदिइन्।'  

पीएम मोदीले सिलिगुडीमा सभालाई सम्बोधित गर्दै भनिन् कि टीएमसीको गुण्डाहरुले आतंकित गर्दछन् । तर, हामी रहेसम्म त्यो सम्भव छैन । उनले भने कि दिदीले यहाँको ७० लाख भन्दा बढी किसान परिवारहरुको विकासमा समेत ब्रेक लगाइदिएकी छिन् । देशभरमा किसान सम्मान निधि योजना मार्फत् हामी पैसा दिइरहेका छौं । तर, दिदीले यस योजनामा समेत ब्रेक लगाइदिइन् । 

उनले भने कि बामपन्थी दलहरुले विकासमा ब्रेक लगाउने गरेका थिए । तर अब ममता बनर्जीले उनीहरुको हतियारलाई खोसेकी छिन् । पीएमले भने कि, 'बामपन्थी दल, ममता र कांग्रेसको सबै एकै थालीमा राखेर सबैको व्यवहार आफैं गर्दैछिन् । यिनको राजनीति पश्चिम बंगालका गरिबहरुमाथि टिकेको छ ।' 

सिलिगुढी पश्चिम वंगालको २० औं जिल्ला जलपाईगुडीको एउटा क्षेत्र हो । यो जिल्लामा आजसम्मको लोकसभा चुनावमा भारतीय जनता पार्टीले जितेको इतिहास छैन । कम्युनिष्टको गढमा पुगेर मोदीले भने ममता माथि यस्तो गम्भीर आरोप लगाएका हुन् । 

उनले भने, हामी गाउँ-गाउँमा गरिबहरुको योजनाहरुलाई लाभ दिनको लागि प्रयास गरिरहेका छौं । पीएम मोदीले  भने कि मलाई तपाईहरुको हर आवश्यकताको जानकारी छ । तर, हामी स्पीड ब्रेकर हट्ने समयको तयारी गरिरहेका छौं ।' पीएम मोदीले भने कि यस पटकको चुनाव चौकीदार र भष्ट्राचारका बीचको चुनाव हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ