arrow

यूपीमा सर्वे : विजेपीको हार, काँग्रेसको प्रियंका कार्ड फेल !

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
BJP-congress.jpg

लखनउ । एबीपी न्यूज र सर्वे एजेन्सी नीलसनको सर्वेका अनुसार, लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई उत्तर प्रदेशमा ठूलो झड्का लागेको छ । सर्वेका अनुसार, प्रदेशको ८० सिटमा बीजेपीलाई सिर्फ ३६ सीटमा जीत हाँसिल भएको छ । त्यस्तै, समाजवादी पार्टी (एसपी), बहुजन समाज पार्टी (बीएसपी) र राष्ट्रिय लोकदल (आरएलडी) गठबन्धनलाई ४२ सीट मिल्ने अनुमान गरिएको छ । कांग्रेसलाई केवल दुई सीट मिल्ने सम्भावना देखाइएको छ । 

रोचक कुरा त यो छ कि २०१४ को लोकसभा चुनावमा बीजेपी गठबन्धनलाई ८० मध्ये ७३ सीटमा जीत मिलेको थियो । अहिले, यस सर्वेमा समेत बीजेपीलाई भोट प्रतिशतमा कुनै खास असर परिरहेको छैन । २०१४  लोकसभा चुनावमा उसले ४३ दशमलव ३ प्रतिशत भोट मिलेको थियो । जबकि सर्वेका अनुसार, २०१९ मा ४३ भोट मिल्नसक्छ । गठबन्धनलाई  कूल ४२ प्रतिशत भोट मिल्न सक्छ । 

प्रियंका गान्धीको जादू कति सफल ? 
यूपीमा कांग्रेसले प्रियंका गान्धी लञ्च गरेर आफ्नो नयाँ जादु देखाएको थियो । एबीपी-नीलसन सर्वेका अनुसार कांग्रेसलाई यूपीमा यसको कुनै फायदा हुने छैन । सर्वेका अनुसार कांग्रेस अमेठी र रायबरेलीका अलावा कुनैपनि सिट जित्नेवाला छैन । यद्यपि भोट प्रतिशतमा भने केही बढोत्तरी हुने देखिएको छ । 

बीजेपीको  टेन्शन यस्तो 
सर्वेमा बीजेपीलाई केवल ३६ सीट मिल्ने उल्लेख छ । बीजेपीको लागि मुश्किल यो पनि छ कि सर्वेमा केन्द्रीय मन्त्री मनोज सिन्हा र प्रदेश सरकारमा मन्त्री रीता बहुगुणा जोशीले चुनाव हार्ने सम्भावना देखिएको छ । मनोज सिन्हा अहिले गाजीपुरदेखि सांसद छन् भने रीता बहुगुणा जोशी इलाहाबाद लोकसभा सीटबाट चुनावी मैदानमा छिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ