काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको स्वास्थ्यमा सुधार भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। डा.शेखर कोइराला फर्खरै सम्पन्न नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सवैभन्दा बढी मत ल्याई विजयी भएका हुन।
स्वास्थ्यमा समस्या देखिएपछि डा कोईराला उपचारका लागि नर्भिक अस्पतालमा चैत्र एक गते सोमबार भर्ना गरिएको हो । नेपाली काँग्रेसको केन्द्रीय सदस्य खुल्ला पदमा सबैभन्दा बढी मत ल्याएर जित्ने लगभग पक्का भएका बेला कोइराला अचानक विरामी भएका हुन् ।
राती दुई बजेबाट उनलाई अचानक पेटमा दुखाई वढ्दै गएपछि राती नै अस्पताल लगिएको थियो । नर्भिकमा डा शेखरको डा मधु घिमिरेले उपचार गरेका थिए । चुनावको वेला दौडधुप धेरै हुँदा कमजोर भएका बेला शेखर अचानक विरामी भएका हुन्।
अस्पतालमा शेखरलाई भेटन पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सहस्य सुजाता कोइराला लगायतका नेताहरु पुगेका थिए । स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा.कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए । डा.कोइरालालाई अस्पतालले आज बिहान डिस्चार्ज गरेको हो । डा.कोइरालालाई चिकित्सकहरूले केही दिन आराम गर्न सुझाव दिएका छन् ।