arrow

ब्रेक्जिट सङ्कटको विषयमा ब्रिटेन सरकार र विपक्षीबीच वार्ता 

logo
एएफपी,
प्रकाशित २०७५ चैत २१ बिहिबार
brexit-uk-eu.jpg

लण्डन। युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटका विषयमा सरकार र विपक्षीबीच बिहीबार पुनः वार्ता हुने भएको छ। युरोपेली यूनियन (इयू) बाट बेलायत बाहिरिने विषयमा थप समय माग्ने प्रस्ताव संसदको तल्लो सदनमा भएको मतदानमा पारित भएपछि सो वार्ता हुन लागेको हो। आगामी अप्रिल १२ बाट सम्झौताबिना नै ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन्।

ब्रेक्जिटको सङ्कट अन्त्यको लागि भन्दै बेलायती प्रधानमन्त्री थेरेसा मेले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग गरेको भेटवार्तापछि उक्त मतदान भएको थियो। ब्रेक्जिटको विषयमा थाकेका जनतालाई निर्णय चाहिएको मेले बताएकिछिन्।

विपक्षी र सरकारबीच बिहीबार दिनभरी आकस्मिक छलफलको लागि सबैलाई बोलाइएको छ। ब्रेक्जिटको वैकल्पिक प्रस्तावमा सहमति जुटाउन ब्रिटिस संसद् असफल भएको र ब्रिटिस प्रधानमन्त्रीको प्रस्ताव संसद्द्वारा तेस्रो पल्ट अस्वीकृत भएको थियो। 

ब्रेक्जिटको समयसीमा लम्ब्याउने विषयमा भएको मतदानमा पक्षमा ३१३ र विपक्षमा ३१२ मत परेको थियो। एक मतको अन्तरमा मात्र सो प्रस्ताव तल्लो सदनबाट पारित भएको थियो। अब यो विधेयक माथिल्लो सदनबाट बिहीबार पारित भएपछि अन्तिम अनुमोदन हुनेछ। इयूले यसका लागि स्वीकृति दिन्छ वा दिँदैन भन्ने चासो समेत उत्तिकै रहेको छ। मतदानअघि कोर्बिनसँग भएको मेको वार्तालाई प्रधानमन्त्री कार्यालयले रचनात्मक भन्दै त्यसमा दुवै पक्षले प्रतिबद्धता र लचकता देखाएको बताएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ