arrow

इजरायली प्रधानमन्त्री रुस भ्रमणमा 

logo
सिन्ह्वा,
प्रकाशित २०७५ चैत २१ बिहिबार
israel-PM-benjamin-netanyahu.jpg

जेरुसेलम। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बिहीबार मस्कोको भ्रमणमा गएका छन्। मस्कोमा उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने जनाइएको छ। इजरायलबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उनले रुसका राष्ट्रपति पुटिनसँग युद्धग्रस्त देश सिरियामा दुई देशबीच चलिरहेको विशेष सैनिक समन्वय विषयमा पनि छलफल हुने बताए। इजरायल र रुसले सिरियामा जारी द्वन्द्व समाधानका लागि पहल गरिरहेका छन्। 

रुसले सिरियाका राष्ट्रपति बसर अल असद र उनी समर्थित सैनिकलाई समर्थन गर्दै आएको छ। इजरायली हवाई सैनिकले इरानी र हेज्बुल्लाह लडाकू समूहहरुलाई लक्ष्य गरी सिरियाका विभिन्न स्थानमा हवाई आक्रमण गर्दै आएको छ। 

गत फेबु्रअरी २७ मा पनि पुटिन र नेतान्याहुबीच भेटवार्ता भएको थियो। केही महिनायता यी दुई नेताबीच बारम्बार टेलिफोन वार्ता हुँदै आएको छ। गएको सोमबार पनि यी दुई नेताबीच टेलिफोन वार्ता भएको थियो।

इजरायलमा हुन गइरहेको आम निर्वाचनको पाँच दिन मात्र अगाडि सो भेटवार्ता हुन लागेको हो। इजरायली प्रधानमन्त्री नेतान्याहु पाँचौं कार्यकालका चुनावी मैदानमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ