arrow

बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित

logo
एएफपी,
प्रकाशित २०७५ चैत २१ बिहिबार
uk-parliament_FNL.jpg

ब्रसेल्स। युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ। नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन। 

संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो। २९ जना सांसद भने अनुपस्थित रहेका थिए। ब्रेक्जीटको परिणाम जेसुकै आएपनि लाखौं बेलायती नागरिकलाई युरोपका विभिन्न मुलुकमा छुट्टी मनाउन सहज हुनेछ।

तर यसको बदलामा बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै सुविधा दिनु पर्नेछ। बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै व्यवहार गर्ने जनाएको छ।

युरोपेली संसदमा यस विधेयकमाथि छलफल हुँदा स्पेनी सांसदहरुले भने जिब्राल्टरको विषयमा जोडदार आवाज उठाएका थिए। जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्न नहुने स्पेनी प्रतिनिधिहरुको तर्क थियो। स्पेनले जिब्राल्टरलाई आफ्नो भूभागका रुपमा ब्याख्या गर्ने गरेको छ।

बेलायतले भने जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्ने गरेको छ। यहाँका जनताले बेलायतसँगको आबद्धता नत्याग्ने बताइसकेको बेलायतको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ