arrow

चुनावको विरोध गर्दै आएका नक्सलवादीको हमलामा चार भारतीय सुरक्षाकर्मीको गयो ज्यान 

स्थानीयलाई चुनावमा भाग नलिन धम्की

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
india-flag.jpeg

काठमाडौं । भारतको छत्तीसगढमा नक्सलवादी आतंककारीको हमलामा परी भारतीय चार सुरक्षाकर्मीको ज्यान गएको छ । 

काँकरे जिल्लाको पंखाजूरमा बिहीबार नक्सलवादीले बिएसएफको सर्चिङ टिमलई छक्याएर हमला गरेको थियो । 

उक्त हमलामा परी दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । नक्सल विरोधी अप्रेशनका लागि बिहीबार बिहान नक्सलवादीको लोकेशन फेला पारेपछि बीएसएफ–११४ बटालियन त्यसको खोजमा निस्केको थियो । 

पंखाजूरबाट करिब ३५ किलोमिटर टाढा प्रतापुर थाना क्षेत्रमा मोहलाको जंगलमा एकाएक सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो । 

नक्सलवादीहरुले भारतको आसन्न लोकसभा निर्वाचन बहिस्कार गरेको छ । १८ अप्रिलमा दोस्रो चरणमा काँकरेमा मतदान हुँदैछ ।

उक्त ठाउँमा केही दिन पहिले नक्सलवादीले पर्चा छरेर चुनावको विरोध गरेका थिए । उनीहरुले स्थानीयलाई चुनावमा भाग नलिन धम्कीसमेत दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ