arrow

नरेन्द्र मोदीलाई सबैभन्दा ठूलो सम्मान

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
modi-7591.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई सबैभन्दा ठूलो सम्मानबाट सम्मानित गरिने भएको छ । 

संयुक्त अरब इमाइरेट्स युएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नहयनले मोदीलाई युएईको सबैभन्दा ठूलो सम्मान जायद मेडलबाट सम्मानित गर्ने भएका हुन् । 

अबुधावीका युवराज तथा सेनाका डेपुटि सुप्रिम कमाण्डर शेख मोहम्मद बिन जायेदले ट्वीटरमार्फत यसबारेमा जानकारी दिएका हुन् । 

UAE President awards Indian Prime Minister the Zayed Medal for boosting relations together

यो मेडल कुनै पनि देशका राष्ट्राध्यक्षले पाउने सबैभन्दा ठूलो सम्मान हो । मोदीले नहयनलाई धन्यवाद दिँदै यो सम्मानले दुई देशबीचको सम्बन्ध भविष्यमा थप मजबुद हुने बताएका छन् । 

मोदीलाई यो सम्मान दुई देशबीच मित्रता तथा कुटनीतिक सम्बन्ध मजबुद गरेबापत दिन लागिएको हो । 

मोदीलाई भन्दा पहिले युएईले चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती महारानी एलिजाबेथ द्धितीया र साउदी अरबका राजा सलमानलाई यो मेडलबाट सम्मान गरिसकेको छ । 

भारतमा लोकसभा निर्वाचन हुँदै गर्दा मोदीले पाउने यो सम्मानबाट थप भोट मिल्ने आशा गरिएको छ । 

मोदीलाई यसअघि गत फेब्रुअरीमा दक्षिण कोरियाद्धारा सियोल शान्ति पुरस्कार मिलिसकेको छ । यो पुरस्कार पाउने मोदी १४ औं व्यक्ति थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ