arrow

 सुध्रेन नेपाली फुटबलको फिफा वरियता, बेल्जियम नम्बर एक

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
nepal-football.jpg

काठमाडौँ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१ औं स्थानमा थियो ।     
     
दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा छन् । नेपाल भन्दा तल रहेको भूटान १८६औँ, बङ्गलादेश १८८औँ, पाकिस्तान २०० र श्रीलङ्का २०२ स्थानमा छन् ।     
     
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौँ, उरुग्वे छैटौँ, पोर्चुगल सातौँ, स्विटजरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दर्शौँ स्थानमा रहन सफल भएका छ्न् । 

फिफाले सदस्य मुलुकहरुले खेलेको अन्तर्राष्ट्रिय खेलहरुका आधारमा प्रत्येक महिना वरियता सार्वजनिक गर्ने गर्दछ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ