arrow

दिल्लीले तीन खेलाडी परिवर्तन गर्दा सन्दीप लामिछाने डटिरहे, प्रतिस्पर्धा सन्दीप र रशीद खानबीच

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
sandeep-rashid.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । खेल दिल्लीको मैदानमा भइरहेको छ । खेलमा हैदराबादले टस जितेर पहिले बलिङ गरिरहेको छ । 

दिल्लीबाट तीन खेलाडी परिवर्तन गरिएको छ । इशान्त शर्मा फर्किएका छन् खेलमा भने राहुल तेवातिया र अक्षर पटेल टिममा परेका छन् ।

जारी लिगमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछाने डटेर टिममा रहेका छन् । 

यो खेलमा सन्दीपको भिडन्त अफगानी स्पिनर रशीद खानसंग हुँदैछ । दुवैबीच कडा टक्टर छ । 

सन्दीप दिल्लीबाट स्पिन सम्हाल्दा रशीदले हैदराबादको स्पिन सम्हाल्छन् । 

यो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ । उनले जारी १२ औं संस्करणमा तेस्रो खेल खेलिरहेका छन् । 

अघिल्लो वर्ष अन्तिम तीन खेल खेलेका सन्दीपले यसपटक भने सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाए । 

जारी आइपिएलमा अन्य स्पिनरहरु नचलिरहँदा सन्दीपलाई कीर्तिमान तोड्ने अवसर बन्दै गइरहेको छ । सन्दीपले दुई खेलबाट तीन विकेट लिइसकेका छन् । विश्व बरियताको पाँचौं स्थानमा रहेका राशीदसँग सन्दिपको प्रतिस्पर्धा

दिल्लीले ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ । 

४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ । 

आफूलाई सशक्त खेलबाट अगाडि बढाएका सन्दीप टी–२० मा विभिन्न कीर्तिमान रच्दै गइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ