arrow

हैदरावादसंग दिल्ली सजिलै पराजित, सन्दिपको औषत प्रदर्शन

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
ipl-cricket.jpg

काठमाडौं। सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै आफ्नो बिजयी यात्रा जारी राखेको छ। चार खेल खेलेको हैदरावादले तीन खेलमा जित हासिल गरिसकेको छ भने ५ खेल खेलेको दिल्लीले तीन केलमा पराजय भोगेको छ।

टस हारेर पहिले ब्यटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ वेकटको नोक्सानीमा १ सय २९ रन बनाएको थियो। कप्तान श्रेयस ऐयरले सार्वाधिक ४३ रन बनाएका थिए भने अक्षर पटेलले १३ बलमा २३ रन बनाएर सम्मानजनक स्कोर खडा गर्न मदत गरेका थिए।

हैदरावादका मोहम्मद नाबी र भुवनेश्वर कामरले २-२ विकेट लिएका थिए। त्यसैगरि राशीद कानले कसिलो बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर १ वेकट लिएका थिए।

जवाफमा ब्याटीङ गर्न आएको हैदरावादका लागि प्रारम्भिक जोडी द्वय डेविड वार्नर र जोनी बेयर्सटोले पहोलो विकेटका लगि ६.५ ओभरमा ६४ रनको साझेदारी गरेका थिए। बेयर्स्टोले ४८ रन बनाएका थिए भने वार्नरले १० रनको योगदान गरेका थिए।

हैदरावादले १८.३ ओभरमा १ सय १३१ रन जोड्दै खेल जितेको थियो।

दिल्लीका लागि अक्षर पटेल, सन्दिप लामिछानेले १-१ वेकट लिएका थिए। पटेलले ४ ओभरमा १८ रन दिएर १ विकेट लिएका थिए भने सन्दिपले ४ ओभरमा ३२ रन खर्चेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ