arrow

जनसभामा मोदी 

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
i-day-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टी भाजपाका नेता नरेन्द्र मोदीले लोकसभा निर्वाचन अन्तर्गतका चुनावी सभा अन्तर्गत शुक्रबार यूपीको चुनावी सभालाई सम्वोधन गर्दैछन् । 

उनले पश्चिमी यूपीका अमरोहा र सहारनपुरमा चुनावी सभालाई सम्वोधन गर्दैछन् । यूपीमा पहिलो र दोस्रो चरणको १६ सिटमा चुनाव हुँदैछ । 

यसलाई ख्याल गर्दै मोदीले दोस्रो र तेस्रो चरणको सभामा सम्वोधन गर्नेछन् । पार्टीका प्रदेश प्रवक्ता समीर सिंहका अनुसार स्थानीय समयअनुसार बिहान ११ः३० बजे गजरौलास्थित जनकपुरीमा अमरोहाका पार्टी प्रत्यासीलाई समर्थन गर्दै मोदी र्यालीमा सहभागी हुनेछन् । 

त्यस्तै दिउँसो १ः३० बजे सहारनपुर लोकसाथ क्षेत्रका पार्टी उम्मेदवार राघवलखन पालको समर्थनमा शिवांगी सिटी ननौता चौराहामा र्यालीलाई मोदीले सम्वोधन गर्नेछन् । 

मोदीले ११ अप्रिलमा अलीगढ र मुरादाबादमा र्यालीमा सहभागीता जनाउने छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ