arrow

सन्दीपलाई हरेक खेलमा विकेट, प्रतिस्पर्धा आफैसंग

रशीदसंगको टक्कर कायमै

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
sandeep-rashid1.jpg

काठमाडौं । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले भारतमा भइरहेको आइपिएल क्रिकेटमा हरेक खेलमा विकेट लिन सफल भएका छन् । 

दिल्ली क्यापिटस्लबाट खेलिरहेका सन्दीपले बिहीबार रातिको खेलमा सनराइजर्स हैदरावादका एक खेलाडीलाई आउट गरे । सन्दीपले दिपक हुडाको विकेट लिएर हरेक खेलमा विकेट लिने खेलाडी बनेका हुन् । 

जारी लिगमा ३ खेल खेलेका सन्दीपले ४ विकेट लिएका छन् । 

प्रतिस्पर्धा आफैसंग 
सन्दीपको प्रतिस्पर्धा यतिबेला आफैसंग देखिएको छ । उनले गत संस्करणको तुलनामा यो संस्करणमा विकेट संख्या कम लिएका छन् । 

गत संस्करणमा अन्तिम तीन खेल खेलेर सन्दीपले पाँच विकेट लिएका थिए । तर यसपटक सन्दीपले सुरुवातका दुई खेल छाडेर लगातार तीन खेल खेलिसकेका छन् । 

उनले कडा टिमहरुसंग खेल्दा कठिन अवस्थाबाट खेल्दा विकेट लिन नसकेको पनि देखिन्छ । 

टक्कर रशीद खानसंग
सन्दीपको टक्कर अफगानी खेलाडी रशीद खानसंग गएर जोडिन्छ । सनराइजर्सबाट खेल्दै आएका रशीद भन्दा विकेटमा सन्दीप अगाडि छन् । 

सन्दीपले विकेट पनि बढी लिएका छन् । एक वर्षको अवधि त सन्दीपको रशीदको भन्दा अझै राम्रो रह्यो टी–२० मा । 

सन्दीपले सनराइजर्सविरुद्ध १ विकेट लिँदा रशीदले पनि १ विकेट झारे । सन्दीपको बलिङ रशीदको भन्दा पनि अझ खतरनाक भएको विश्लेषण गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ