arrow

‘कांग्रेसले पराजितहरुको इतिहास लेख्छ’

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
sasank-new-pc.jpg.jpeg
काठमाडौं । नवनिर्वाचित कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेसले पराजय हुनेहरुको इतिहास लेख्न सक्नु पर्ने बताएका छन् । 
 
नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौँले गरेको १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति, पदाधिकारी एवं सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने, ‘विजय हुनेको त स्वभाविकै इतिहास लेखिन्छ, तर काँग्रेसले पराजय हुनेको इतिहास लेख्न सक्नुपर्छ ।’ 
 
कोइरालाले भनेका छन्, ‘पहिला नेताले कार्यकर्ता खोज्थे, तर अहिले कार्यकर्ताले नेता खोजिरहेका छन्, काँग्रेस यस्तो हुनुहँुदैन ।’ राष्ट्रियतालाई जोगाउँदै काँग्रेसको नेतृत्वमा राजनीतिक स्थिरता कायम गर्नुपर्नेमा महामन्त्री कोइरालाको जोड छ । नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले अहिलेको नयाँ नेतृत्वले पार्टीलाई एक ढिक्का बनाउँदै मधेस समस्या समाधान गरी सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिइन् । 
 
केन्द्रीय सदस्य प्रकाशमान सिंहले मनोनीत केन्द्रीय सदस्यमा पराजय हुनेलाई मात्र स्थान दिनेभन्दा पनि सही मान्छे छान्नका लागि नेतृत्वलाई आग्रह गरे । उनले लामो समयदेखि हुन नसकेको काँग्रेसका भ्रातृ सङ्गठनको निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्ने बताए । काँग्रेस काठमाडौँ शाखा सभापति सवुज बाँनियाले पार्टीभित्रको राजनीतिक भागबन्डाको अन्त्य गरिनुपर्ने बताए । 
 



नयाँ