arrow

‘रोनाल्डो भन्दा मेस्सी राम्रा खेलाडी'

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
ronaldo-messi1.jpg

काठमाडौं। अन्तराष्ट्रीय फुटबलका हस्तीहरु क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको आपसी प्रतिस्पर्धा कति छ त्यो दुईलाई नै थाहा छ । तर फुटबल प्रशंसकहरु र दुईका फ्यानहरुको कुरा गर्दा संसारको सबैभन्दा ठुलो दुश्मनी दुई खेलाडी बिच छ। यस कुरालाई अझ आगो झोस्न मिडिया जहिल्यै अगाडि नै हुन्छ ।

दुई खेलाडीका आ-आफ्ना गुणहरु छन्। खेल्नै शैली पनि भिन्न छ र शारिरीक बनोटदेखि फुटबललाई हेर्ने नजरिया पनि फरक नै छ। तर दुईको नाम नलिई अहिलेको फुटबल पुरा हुँदैन।

यसैक्रममा पुर्व स्पेनी खेलाडी गुटीले रोनाल्डो भन्दा मेस्सी बढी ट्यालेन्ट रहेको बताएका छन्। उनले रोनाल्डो आफै बनेका मिहिनेती खेलाडी हुन् भने मेस्सी ट्यालेन्टेड केलाडी हुन भने।

गुटीले आफुले बोलेको कुरालाई मिलाउँदै भने दुवै राम्रा खैलाडी हुन्। मैले ट्विट गर्दै दुवैमा छान्नु पर्दा मेस्सीलाई छान्छु भनेको हुँ गुटीले भने । 

‘मेस्सीको समयमा रोनाल्डोले पाँचवटा बलोन डि’अर जित्नु आफैमा अविश्वसनीय कार्य हो । रोनाल्डो महत्वपुर्ण खेलाडी हुन् जुनकुरो रियाल मड्रिडलाई हेरेर थाहा हुन्छ’ गुटीले भने। 

दुई खेलाडीलाई एक अर्कासँग दाँज्दा फाईदा बिज्ञापनदाता र दुइ खेलाडीहरुले बिज्ञापन गर्ने सामानहरुलाई मात्र हुने गर्दछ । दुई फरक मान्छे हुने बित्तिकै र फरक भुगोलका मान्छे दाँज्नु आफैमा अचम्मको कुरा हो । 

दुवै फुटबल खेल्छन त्यसैले दाँजेको भन्दा दुई फरक मान्छे खेल शैली फरक, शारिरिक बनावट फरक, खेल्ने स्थान फरक बिच समानता केही होलान तर दुई आफै फरक हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ