arrow

सार्क स्थायी समितिको बैठक जारी , प्रधानमन्त्री ओली पोखरा जाँदै

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
SAARC-meeting-pokhara.JPG.jpeg
पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा सार्क स्थायी समितिको बैठक जारी  छ । आठ वटै सदस्य मुलुकका परराष्ट्र–बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश वैरागीले गरेका छन् ।  
 
बैठकमा सार्क क्षेत्रको युवा बेरोजगार समस्या समाधान गर्ने विषय सम्बन्धी प्रस्ताव ‘युथ चार्टड’ लगायतका विषयमा छलफल गरिने बताइएको छ । स्थायी समितिको ४२औँ बैठकमा भाग लिन सदस्य राष्ट्रका परराष्ट्र–बाह्य मामिला मन्त्रालयका सचिव मंगलबार पोखरा पुगे । 
 
प्रधानमन्त्री ओली पोखरा जाँदै 
प्रधानमन्त्री केपी शर्मा ओली साढे दुई बजे पोखरा जाँदैछन् । पोखरामा मिनी सार्क शिखर सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । विहिबार हुने  परराष्ट्र मन्त्रीस्तरीय छलफलको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ । मन्त्रीस्तरीय बैठकमा भाग लिन सार्कका परराष्ट्र मन्त्रीहरु आउने क्रम जारी छ ।



नयाँ