arrow

यातायात समिति कम्पनीमा जानेबारे छलफल

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
mahakali-yatayat.jpeg

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात समिति कम्पनीमा जाने विषयमा कानुनविद् र यातायातका जिल्ला तथा प्रदेश समितिसँग छलफल शुरु गरेको छ ।

सरकारले यातायात समितिलाई कम्पनीमा जान निर्देशन गरेसँगै उक्त निर्देशनको स्वागत गर्दै विभिन्न समिति, जिल्ला तथा प्रदेश समिति र कानून व्यवसायीसँग छलफल शुरु गरेको हो । छलफलमा महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीसँग भएको चल÷अचल सम्पत्ति, कर्मचारी व्यवस्थापन र बस रुपान्तरणसम्बन्धी विषयमा सरकारसँग गम्भीर छलफल भइरहेको बताए ।

“सङ्घसंस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका यातायातलाई रुपान्तरण गर्न महासङ्घले काम गरिरहेको छ”, उनले भने । निर्देशिका र नियमावली नवनी यातायात क्षेत्रमा देखिएको अन्योल हट्न नसक्ने उनको भनाइ थियो । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी, हरिशरण केसीले महासङ्घको सम्पूर्ण कार्यसमिति देशभरको यातायात व्यवसायीको हकहितका लागि लडेको बताउँदै आफूहरुलाई साथ र सहयोग गर्न सबैलाई आग्रह गरे ।

वरिष्ठ अधिवक्ता तुलसी भट्टले कम्पनीमा जानेसम्बन्धी विधेयक सरकारले पारित गरिसकेको बताउँदै कम्पनीमा जान परेका अप्ठ्यारा सरकारसँग बसेर छलफल गरी टुङ्याउन महासङ्घ लाग्नुपर्ने बताए । अधिवक्ता मुकुन्द न्यौपाने, विकास मल्ल, नन्दलाल शर्मालगायतले कम्पनीमा जाँदा आइपर्ने शेयर र सवारी साधनको मूल्याङ्कनलगायत विषयलाई व्यवसायीले आपसमा बसेर टुङ्ग्याउनुपर्ने बताए ।

महासङ्घका महासचिव सरोज सिटौलाले महासङ्घ मुलुकको समग्र यातायात क्षेत्रको सुधारका लागि लागिपरेको बताउँदै छलफल अभियानलाई सबै प्रदेशमा लैजाने बताए । महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले कम्पनीमा जान गरेको आग्रहले नपढेका र आफ्नो सवारी साधन आफैले चलाउने चालक (स्वचालक) लाई अप्ठ्यारो परेको बताए ।

छलफलका सहभागीले संस्था खारेजी र कम्पनी दर्ता कसरी गर्ने, सम्पत्ति र सवारी साधन कम्पनीमा कसरी रुपान्तरण गर्ने, बीमाका समस्या, कम्पनीमा शेयर कसरी लिनेलगायतका जिज्ञासा राखेका थिए । महासङ्घको चैत १३ गते बसेको सचिवालय बैठकले महासङ्घअन्तर्गत रहेका सबै समितिलाई २०७६ जेठ १८ गतेभित्र कम्पनीमा जान निर्देशन गरेसँगै महासङ्घले उक्त छलफल गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ