arrow

खेलकूद पत्रकार मञ्चमा दुर्गाको नेतृत्व 

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
nsjf.jpg

काठमाडौँ । खेलकूद पत्रकारको छाता सङ्गठन नेपाल खेलकूद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी देवेन्द्र निर्वाचित भएका छन् । शुक्रबार भएको १५औँ साधारणसभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।     
     
 सुवेदीले अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश तिमिल्सिनालाई १४ मतले पराजित गरे । सुवेदीले ५५ मत तथा तिमिल्सिनाले ४१ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा सञ्जीव शिल्पकार निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा ध्रुव तुलाधर ७१ र निरञ्जन अधिकारी ५७ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।     
     
 यस्तै महासचिवमा प्रज्वल ओलीले ६३ मत प्राप्त गरी निर्वाचित भए । पराजित भएका पवन आचार्यले ३३ मत प्राप्त गरे । सचिवमा गोविन्द रेग्मी ५८ मत प्राप्त गरी विजयी भए भने पराजित आदर्श ढकालले ३८ मत प्राप्त गरे । कोषाध्यक्षमा अञ्जन खड्का निर्विरोध चयन भए ।

महिला सदस्यमा मुना कार्की निर्विरोध तथा खुलातर्फ दिल तामाङले ५०, हिमविक्रम केसीले ४४ र अनिल मल्ल ठकुरीले ३६ मत प्राप्त गर्दै विजयी भए । 
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ