कोहलीको बेंग्लोरले जितको खाता खुलेन, लगातार पाँचौं हार
प्रकाशित २०७५ चैत २२ शुक्रबार
236
Shares
काठमाडौं। रोयल च्यालेन्जर्स बेंग्लोरले ईण्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जितको खोजी जारि रहेको छ। कोलकाता नाईटराईडर्सले आफ्नो तेस्रो जित हात पार्ने क्रममा बेंगलोरलाई ५ विकेटले हराएको हो ।
टस हारेर पहिले ब्याटीङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ३ वेकटको नोक्सानीमा २ सय ५ रन बनाएको थियो। कप्तान बिराट कोहलीले ८४ रन बनाएका थिए। त्यसैगरि एबी डिविलियर्सले ६३ रनको योगदान दिएका थिए। कोहली र डिविलियर्सले दोस्रो विकेटका लागि १ सय ८ रनको साझेदारी गरेका थिए।
कोलकाताका नितिश राना, सुनिल नाराईन र कुलदिप यादवले १-१ विकेट लिएका थिए। कोहली र डिविलियर्सको आक्रमणलाई रोक्न कोलकाताका बलरहरुलाई हम्मे हम्मे परेको थियो।
जवाफमा ब्याटिङ गर्न आएको कोलकाताले १९.१ ओभरमा २सय ६ रन बानउँदै जित हात पारेको हो। कोलाकताका लगि आनद्रे रशेलले १३ बलमा ७ छक्का र १ चौकाको मदतले ४८ रन बनाएका थिए। त्यसैगरि क्रिस लिनले ४३ रन बनाएका थिए भने रोबिन उथप्पा र नितिश रानाले ३३-३३ रनको योगदान दिएका थिए।
बेंगलोरका पवन नेगीले २ विकेट लिएका थिए भने नवदिप सैनीले पनि २ विकेट लिएका थिए। त्यसैगरि युजभेन्द्र चहलले १ विकेट हात परेका थिए।