arrow

कोहलीको बेंग्लोरले जितको खाता खुलेन, लगातार पाँचौं हार

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
ipl-cricket.jpg

काठमाडौं। रोयल च्यालेन्जर्स बेंग्लोरले ईण्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जितको खोजी जारि रहेको छ। कोलकाता नाईटराईडर्सले आफ्नो तेस्रो जित हात पार्ने क्रममा बेंगलोरलाई ५ विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटीङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ३ वेकटको नोक्सानीमा २ सय ५ रन बनाएको थियो। कप्तान बिराट कोहलीले ८४ रन बनाएका थिए। त्यसैगरि एबी डिविलियर्सले ६३ रनको योगदान दिएका थिए। कोहली र डिविलियर्सले दोस्रो विकेटका लागि १ सय ८ रनको साझेदारी गरेका थिए।

कोलकाताका नितिश राना, सुनिल नाराईन र कुलदिप यादवले १-१ विकेट लिएका थिए। कोहली र डिविलियर्सको आक्रमणलाई रोक्न कोलकाताका बलरहरुलाई हम्मे हम्मे परेको थियो।

जवाफमा ब्याटिङ गर्न आएको कोलकाताले १९.१ ओभरमा २सय ६ रन बानउँदै जित हात पारेको हो। कोलाकताका लगि आनद्रे रशेलले १३ बलमा ७ छक्का र १ चौकाको मदतले ४८ रन बनाएका थिए। त्यसैगरि क्रिस लिनले ४३ रन बनाएका थिए भने रोबिन उथप्पा र नितिश रानाले ३३-३३ रनको योगदान दिएका थिए।

बेंगलोरका पवन नेगीले २ विकेट लिएका थिए भने नवदिप सैनीले पनि २ विकेट लिएका थिए। त्यसैगरि युजभेन्द्र चहलले १ विकेट हात परेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ