arrow

जब सलाहले लिभरपुललाई गोल दिलाए...

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
salah8.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल पुनः शीर्ष स्थानमा पुगेको छ । लिगको शुक्रबार रातिको खेलमा साउथह्याम्पटनलाई ३–१ ले पराजित गर्दै लिभरपुल अंक तालिकामा अगाडि लागेको हो । 

Salah whipped his shirt off and looked pumped up as his team-mates surrounded him to celebrate a vital goal

खेलको नवौं मिनेटमै शाने लोङको गोलमा साउथह्याम्पटनले अग्रता बनायो । यो उनको प्रिमियर लिगको ५० औं गोल थियो । 

Shane Long broke the deadlock from close range after some lacklustre defending from the visitors at St Mary's

बराबरी गोल गर्न लिभरपुललाई ३६ मिनेटको खेल कुर्नुपर्यो । नाबी केताले गोल गरेका हुन् । 

Georginio Wijnaldum (left), Sadio Mane (centre) and Keita celebrated the goal and jogged back to restart play

Naby Keita scored his first goal for Liverpool to bring them level with a powerful header past Angus Gunn

८० औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि भने खेल केही तनावपूर्ण भयो । 

गोल गरेको एक मिनेटमै सलाहले पहेंलो कार्ड पाए । 

८६ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई ३–१ ले जिताए । ८९ औं मिनेटमा एन्डी रोबर्टसन तथा इन्जुरी समयमा जोर्डन हेन्डरसन र साडियो मानेले पहेंलो कार्ड खाए ।

Henderson found himself playing further up the pitch than usual and was given an easy finish by Roberto Firmino

३३ खेलबाट ८२ अंकको लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ८० अंक छ । तेस्रो स्थानको टोटनह्यामको ६४ अंक छ । 

Jurgen Klopp cut a frustrated figure as Liverpool struggled to break down the Saints defence in the second half

सलाह कथा 
सलाहले गत फेब्रुअरी ९ तारिखमा लिभरपुललाई गोल दिलाएपछि गोल गरेका थिएनन् । डेडलक शुक्रबार राति तोडे । त्यसपछि के चाहियो र उनले जर्सी नै फुकालिदिए । 

उनको गोलले टिमले २–१ को अग्रता बनाएको थियो । यो भाइटल गोलपछि खुशी हुनु स्वभाविक भए पनि जर्सी खेलेरै बढी खुशी मनाउन खोज्दा उनी पहेंलो कार्डको शिकार भए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ