arrow

लिवियामा निम्तियो नयाँ संकट

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
attack9.jpg

काठमाडौं । अफ्रिकी मुलुक लिवियामा नयाँ संकट सिर्जना भएको छ । सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो ।

Gen Haftar

योसँगै विद्रोही सेना त्रिपोलीबाट करिब ५० किलोमिटर नजिक पुगेको छ । जहाँ उनीहरुको अन्य सशस्त्र समूहहरुसँग संघर्ष भइरहेको बताइएको छ ।

राजधानी त्रिपोलीबाट लिवियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ । यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हफ्तारसँग गरेको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

गुटेर्रेससँग लिवियाली सैनिक नेता खालिफा हफ्तारले भेट गरेको उनको स्वघोषित लिवियाली नेशनल आर्मीले जानकारी गराएको छ । पछिल्लो समय लिवियामा देखिएको सैन्य तनावप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चासो व्यक्त गरेका थिए । उनले लिवियाको समस्या सैनिक बलको प्रयोगबाट सम्भव नहुने लिवियाली सरकार र विद्रोही पक्षबीचको वार्ता समस्या समाधानको उत्कृष्ठ विकल्प भएको बताएका थिए ।     
     
राष्ट्रसङ्घका महासचिव बुधबार लिवियाली राजधानी त्रिपोली पुगेका थिए र उनीहरुबीच बिहीबार भेट भएको थियो । पूर्वी क्षेत्रमा रहेका लिवियाली सेनाका प्रवक्ताले बुधबार एक विज्ञप्ति जारी गरी सेनाले देशको पश्चिमी क्षेत्रतर्फ बढ्न लागेको बताएका थिए । लिवियाको राजधानी त्रिपोलीसहित पश्चिममा सैनिक अघि बढ्ने र विद्रोहीको नियन्त्रणबाट लिवियालाई स्वतन्त्र गर्ने सैनिक प्रवक्ताले घोषणा गरेका थिए । 
     
रष्ट्रसंघ प्रमुख गुटेर्रेसले संयुक्त शुक्रबार ट्वीटमार्फत आफूले लिवियालाई थप सैन्य झडप हुन नदिने आफ्नो लक्ष्य रहेको र यसका लागि सरकार र विद्रोही नेतासँग भेट गरिरहेको बताएको केही घण्टापछि हफ्तारको समूहले आफ्ना नेताको राष्ट्रसंघका महासचिव गुटेर्रेससँग भेट भएको जनाएको हो ।     
     
लिवियाको पूर्वमा सैनिकको समर्थन प्राप्त खालिफा हफ्तरको नेतृत्वको सरकार रहेको छ । देशमा अहिले पूर्वी र पश्चिमी क्षेत्रमा दुई छुट्टाछुट्टै सरकारको अस्तित्व रहेको छ ।     
     
सन् २०११ मा तत्कालीन तानाशाह मोहम्मर गद्दाफीलाई जनआन्दोलनको बलमा पदच्युत गरिएपछि अहिले असुरक्षा र अस्तव्यस्थताबीच लिवियाली जनताहरू प्रजातान्त्रिक रूपान्तरणका लागि सङ्घर्षरत रहेका छन् । हफ्तारको समूह गद्दाफीको सेनालाई समेटेर आन्दोलनरत पक्ष हो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ