arrow

अस्पतालबाट पेलेले भने ‘मलाई लाग्छ म फेरि खेल्न सक्ने हुनेछु’

जसले गरेका थिए १२८१ गोल 

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
pele.JPG

काठमाडौं । फुटबलका ब्राजिल लिजेन्ड पेले गम्भीर बिरामी भई अस्पतालमा उपचाररत रहेका छन् । 

गत बुधबारदेखि अस्पतालमा भर्नारत पेलेले आफू अहिले स्वस्थ्य महसुस गरिरहेको बताएका छन् । उनी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका विश्वकपका उत्कृष्ट युवा खेलाडी काइलियन एम्बाप्पेसंगको एक प्रवद्धनात्मक कार्यक्रममा सहभागी भएपछि बिरामी परेका थिए । 

उनलाई फ्रान्सको पेरिसस्थित एक अस्पतालमा भर्ना गरिएको छ । उनलाई पिसाबसम्बन्धी इन्फेक्सन भएको बीबीसीले जनाएको छ । 

उनले ट्वीटरमार्फत एन्टीबायोटिकले काम गरिरहेको र सबै परीक्षणहरु ठीक भएको पनि जनाएका छन् । उनले भनेका छन्, ‘एन्टीबायोटिकले काम गरेको छ र सबै परीक्षणहरु ठीक छन् । मलाई लाग्छ म फेरि खेल्न सक्ने हुनेछु ।’

केही वर्षदेखि पेले किड्नी र प्रोस्टेटको समस्याले ग्रसित छन् । पेलेलाई केही समयअगाडि सदावहार सर्वोत्कृष्ट खेलाडीबाट सम्मान गरिएको थियो । 

उनले २१ वर्षे फुटबल करियरमा १३६३ खेलबाट १२८१ गोल गरेका थिए । त्यसमा ब्राजिलको राष्ट्रिय टिमबाट खेलेका ९१ खेलमा ७७ गोल पनि सामेल थियो । 

उनी ब्राजिलले तीन पटक विश्वकप जित्दाका एकमात्र खेलाडी हुन् । फिफा प्लेयर अफ द सेन्चुरी पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जिताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ