arrow

अफगानीस्तान क्रिकेटमा राजनीति र खेलाडीहरु निर्णयको बिरोधमा

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
Afganistan-cricket-nepal.jpg

एजेन्सी। अफगानिस्तान बोर्डले क्रिकेट कप्तान हटाएपछि नयाँ हलचल शुरु भएको छ। प्रगतीपथमा लम्किरहेको अफगानिस्तान क्रिकेटमा यती चाँडै हलचल आउला भन्ने धेरैले सोचेका थिएनन्।

बोर्डले कप्तानी गरिरहेका असगर अफगानीलाई हटाएर टेष्टमा रहमत शाह, एकदिवसीयमा गुलबदिन नैब र टि-२०मा रशिद खानलाई कप्तान नियुक्त गरेपछि अफगानी क्रिकेटका अन्तराष्ट्रीय नामद्वय मोहम्मद नाबी र रशिद खानले बिरोध जनाएका छन्।

दुवैको तर्क छ विश्वकप अगाडी सफल कप्तानलाई हटाएर नयाँ कप्तान नियुक्त गर्दा खेलमा असर गर्छ । यो कप्तान परिवर्तनको बेला होईन । नाबीले भनेका छन् ‘असगरको कप्तानीमा अफगानिस्तानको क्रिकेटले खुड्किलो चढिरहेको बेला । यो कप्तान परिवर्तन गर्ने बेला होईन। उनी नै हामीलाई नेतृत्व दिने सही मान्छे हुन्।‘

आफ्नो टोलीका बरिष्ठ एवं महत्वपुर्ण सदस्यको बोर्ड बिरुद्धको प्रतिकृयाले कस्तो असर पार्छ त्यो त समयले देखाउने छ । अफगानिस्तान क्रिकेटमा राजनीति छिरेको भने प्रष्टै देखिन्छ । एक रफ्तारमा रहेको प्रगतीलाई रोक्न यस्ता राजनीतिको संधै हात रहने धेरै उदाहरणहरु छन्। नेपालको क्रिकेट पनि आफेमा एक उदाहरण हो।

भर्खर ब्यवस्थित हुन लागेको अफगानिस्तान क्रिकेटमा खेलाडीहरु बोर्डको निर्णय बिरुद्ध जानु पर्ने स्थिती कसरि पैदा भयो ? किन बोर्डले सिनियर र सफल खेलाडीहरुको कुरा सुनेन? दोस्रो टेष्टमा जित जस्तो दुर्लभ सफलता र पछिल्लो समय (एकदिवसीय र टि-२०) मा समेत राम्रो सफलता हात पारेका कप्तानलाई किन निकालियो ?  के राजनीति हावी भएको हो अफगानी क्रिकेटमा ? केही प्रश्नका जवाफ आउँदा दिनहरुमा पाईने नै छ ।

यसैगरि अर्का स्टार खेलाडी रशिद खानले भनेका छन् ‘सबैको सम्मान गर्दै, मलाई कप्तान परिवर्तनको निर्णय एकतर्फी र गैरजिम्मेवार लागेको छ। असगर अफगान हाम्रो टोलीको कप्तान हुनुपर्छ र उनको नेतृत्वले हाम्रो सफलतामा भुमिका खेलेको छ। विश्वकपको मुखमा कप्तान परिवर्तनले टोलीमा असर गर्छ’ ।

नाबी र रशिद खानो सामाजिक संजालमा आएको प्रतिकृयाको अफगान बोर्डले कुनै प्रतिकृया दिएको छैन। दुवै खेलाडी आईपीएलमा हैदरावादबाट खेलिरहेका छन्। दुई खेलाडी विश्व क्रिकेट र अफगान क्रिकेटको त सबैभन्दा ठुला नाम हुन्।

उनीहरुको प्रतिकृयाले अफगानी क्रिकेटमा समस्या छ भन्ने त देखाईसकेको छ । अब बोर्डको हातमा छ कसरि अगाडी बढ्ने र स्थितीलाई बिग्रिन नदिने भन्ने। अफगान क्रिकेट बोर्डले संयमता र सुझबुझ अपनाउने नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ