arrow

‘देउवाले पौडेललाई दोस्रो वरीयतामा राख्ने’

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
Deuba-Paudel.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेलसहित ६ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्न लागेका छन् । देउवाले पौडेललाई कार्यसमितिमा आफूपछिको दोस्रो वरीयताक्रममा रहने गरी केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेका छन् । । कांग्रेसमा दोस्रो वरीयताक्रममा रहनेलाई ‘वरिष्ठ नेता’ भनिन्छ । उपसभापति बनाउनेबारे भने देउवालाई सकस भएको छ । बढी मत ल्याउने खुमबहादुर खड्कालाई बनाउने वा विमलेन्द्र नीधी भन्नेमा निकै बहस भएपनि यकिन भएको छैन ।  
 
देउवाले पौडेल सहित सभापतिका अर्का उम्मेदवार कृष्ण सिटौला र महामन्त्रीका उम्मेद्वारद्वय अर्जुननरसिंह केसी, गगन थापा, कोषाध्यक्षमा पराजितद्वय चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेछन् ।
 
नवनिर्वाचित सभापति देउवाले ६ महिनाभित्रै पार्टीका सबै भ्रातृ संगठनको अधिवेशन गराउने मनस्थिति बनाएका छन् । कांग्रेस महाधिवेशन गर्न गठन भएको केन्द्रीय निर्वाचन समितिले देउवासहित कार्यसमितिमा चयन भएका ६४ जनालाई निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम समेत छ ।



नयाँ