arrow

बेन्जेमाको दुई गोलले मड्रिड बिजयी, तालिकामा तेस्रो स्थान

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
Madrid_Benzema.jpeg

काठमाडौं। ला लिगा फुटबल अन्तरगत रियाल मड्रिडले एईबारलाई २-१ गोलले पराजित गर्दै तीन अंक जोड्न सफल भएको छ। उक्त जितसँगै मड्रिड ३१ खेलमा ६१ अंक सहित तेस्रो स्थानमा रहेको छ।

करिम बेन्जेमाको २ गोल मदतले मड्रिड बिजयी भएको हो । खेलको ३९औं मिनेटमा एईबारका मार्क कार्डोनाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा ०-१ गोलले पछि परेको मड्रिड ५९औं मिनेटमा बेन्जेमाको गोलले बराबरीमा आएको थियो। प्रतिस्पर्धात्मक खेलमा ८१औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित बनाएका थिए।

ला-लिगामा साविक बिजेता बार्सिलोना ३० खेलमा ७० अंक सहित पहिलो स्थानमा रहेको छ। त्यसैगरि एथ्लेटिको मड्रिड ३० खेलमा ६२ अंक सहित दोस्रो स्थानमा रहेको छ। जिदान नयाँ म्यानेजर भएर आइपछि मड्रिडको ४ खेलमा यो तेस्रो जित हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ