arrow

विन्डिजका खेलाडीहरु नायक रहेको खेलमा मुम्बई बिजयी

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
ipl-cricket.jpg

काठमाडौं । मुम्बई ईण्डियन्सले ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आफ्नो तेस्रो जित हात पारेको छ। हैदरावादलाई ४० रनले पराजित गर्दै मुम्बईले आफ्नो लय समातेको छ। हैदरावादले ५ खेलमा तीनमा जित र २ पराजय भोगेको छ।

टस हारेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ३७ रन बनाएको थियो। मुम्बईका लगि केरोन पोलार्डले २४ बलमा ४६ रन बनाएका थिए। हैदरावादका सिद्धार्थ कौलले २ विकेट लिएका थिए।

मुम्बईको जितका नायक पहिलो खेल खेलिरहेका वेष्टईण्डिजका अलजारी जोशेफ रहे। उनले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर ६ विकेट लिएका थिए। उनको यो तथ्याङ्क आईपीएल ईतिहासको उच्चतम बलिङ फिगर हो।

हैदरावादका राम्रो फर्ममा रहेका प्रारम्भिक जोडी डेविड वार्नर र जोस बेयर्स्टोले ३३ रनको साझेदारी गरेका थिए। हैदरावादका लगि सार्वाधिक रन दिपक हुड्डाले बनाएका थिए। उनले २० रनको योगदान गरेका थिए। हैदरावाद ९६ रनमा समेटिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ