arrow

म्यानचेस्टर सिटी एफए कपको फाईनलमा

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
fa-cup.jpg

काठमाडौं। म्यानचेस्टर सिटी एफए कपको फाईनलमा प्रवेश गरेको छ। सेमीफाईनलमा ब्राइटनलाई १-० गोलले पराजित गर्दै सिटी फाईनल प्रवेश गरेको हो।

फाईनलमा सिटीले उल्व्स र वाटफोर्ड बिच हुने सेमीफाईनल बिजेतासँग खेल्नेछ । खेलको चौथो मिनेटमा गाब्रियल जिससले गरेको गोल नै निर्णायक हुन पुग्यो ।

प्रिमियर लिग अंक तालिकामा दोस्रो स्थानमा रहेको सिटीलाई ब्राइटनले गाह्रो पारेको थियो। सिटीलाई खुल्न नदिएको ब्राइटनले आफुले पनि सिटीको रक्षापंक्ति तोड्न सकेन । धेरै समय बल आफ्नो पक्षमा राके पनि सिटिले थप गोल भने गर्न सकेन ।

सिटीका आक्रमणहरु ब्राईटनको रक्षापंक्तिले बिफल पारेका थिए। वाटफोर्ड र उल्व्स ध्य जोसँग फाईनल खेले पनि सिटी बलियो टोलिका रुपमा रहेको छ।

ईङल्यण्ड फुटबलको राष्ट्रिय लिग प्रतियोगिताका रुपमा रहेको एफए कप विश्वकै सबभन्दा पुरानो राष्ट्रिय पर्तियोगिता मानिन्छ । सन् १८७१-७२को देखि शुरु भएको एफए कप ईङल्याण्डमा प्रतिष्ठित र ऐतिहासिक मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ