arrow

मोदीले कांग्रेसलाई दिए टाइटानिक जहाजको संज्ञा

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
narendra-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई टाइटानिक जहाजको संज्ञा दिएका छन् । 

आसन्न लोकसभा निर्वाचनका क्रममा मोदीले शनिबार ओडिशाको सुन्दरगढ, सोनपुर, छत्तीसगढको बालोद र महाराष्ट्रको नान्देडमा सम्वोधन गरेका छन् । उक्त क्रममा नान्देडमा मोदीले काँग्रेसको तुलना टाइटानिक जहाजसंग गरेका हुन् । 

उनले भने, ‘कांग्रेसको हालत टाइटानिक जहाजको जस्तो छ, हरेक नयाँ दिनसंगै यो पनि डुब्दै गएको छ । काँग्रेससंग जो जो यो जहाजमा बसिरहेका छन् तिनीहरु राकांपाजस्तै या त डुबिरहेका छन् या त उठीउठी भागिरहेका छन् ।’

भारतीय जनता दलका नेता समेत रहेका मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीले वायनाडबाट चुनाव लड्ने प्रसंगलाई लिएर भने, ‘कांग्रेसका नामदारले माइक्रोस्कोपबाट भारतमा एक यस्तो सीट खोजेका छन् जहाँबाट उनी लड्ने तागत राख्न सकून् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ