arrow

सन्दीप लामिछानेको आज, खेल्दैछन् बैंगलोरविरुद्ध 

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
Sandeep_bbl1.jpg

काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले आइतबार अपरान्ह आफ्नो चमत्कार देखाउँदैछन् । अपरान्ह दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसंग बैंगलुरुमा खेल्दैछ । 

दिल्लीका आशा र भरोसा सन्दीपले यसअघि खेलेका ३ खेलमा ४ विकेट लिएका छन् । 

उनको तुलना अफगानी बलर रशीद खानसंग भए पनि प्रतिस्पर्धा भने आफैसंग गरिरहेका छन् । 

दोस्रो पटक आइपिएल खेलिरहेका सन्दीपले पहिलो संस्करणमा पुउनको तुलना अफगानी बलर रशीद खानसंग भए पनि प्रतिस्पर्धा भने आफैसंग गरिरहेका छन् । 

दोस्रो पटक आइपिएल खेलिरहेका सन्दीपले पहिलो संस्करणमा पुछारका तीन खेलमा बलिङ गर्दै ५ विकेट लिएका थिए । 

अहिले भने ३ खेलमा चार विकेट लिएका छन् । सनराइजर्स हैदराबादबाट खेलिरहेका रशीदले चमत्कार देखाउन नसकिरहेका बेलामा सन्दीप सबैको नजरमा छन् । 

बैंगलोरले अहिलेसम्म अंकको खातासमेत खोज्न नसकिरहेका बेलामा आक्रामक खेल्नेछ । यस्तो अवस्थामा सन्दीपले बचेर विकेट चड्काउनु पर्नेछ । 

खेल ४ः१५ बजे सुरु हुँदैछ । राति ८ः१५ बजे राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससंग खेल्नेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ