arrow

पाँचथर गोल्डकपको उद्घाटन खेलमा ताप्लेजुङलाई पराजित गर्दे मोरङ विजयी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ चैत २४ आइतबार
panchtar_goldcup.JPG

पाँचथर । वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता आइतबारबाट पाँचथर फिदिममा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभा सदस्य वशन्त नेम्बाङले गरेका थिए ।

आज भएको उद्घाटन खेलमा मिसन यूनाइटेड ताप्लेजुङलाई मोरङ फुटवल क्लव मोरङले ६—१ गोल अन्तरले पराजित गरेको छ । मोरङलाई जिताउन विदेशी खेलाडी अरर्मन एक्लैले खेल शुरु भएको १० औ,१७ औ,२२ औ, र ५३ औ मिनेटमा गोल गरेका थिए ।

यस्तै मोरङको तर्फबाट हेमन्त थापाले खेल शुरु भएको ३९ औ,र संजोग राईले खेल शुरु भएको ६३ औ मिनेटमा एक एक गोल फर्काएका थिए । जवाफमा ताप्लेजुङको तर्फबाट सन्त राईले खेल भएको ६० औ मिनेटमा सान्तवना मार्फत एक गोल फर्काएका थिए । शनिबार हुने भनिएको उक्त प्रतियोगिता वर्षादका कारण स्थिगत भएको थियो ।

 स्थिगत भएको खेल आज बिहान भएको हो । प्रतियोगिता अन्र्तगत आज दिउँसो २ बजे रेडहर्स इलाम र विर्तामोड यूनाइटेड झापा विच प्रस्पिर्धा हुने आयोजक पाँचथर फुटवल संघका अध्यक्ष निशान शिवाकोटीले बताए ।

प्रतियोगितामा आयोजक पाँचथर क्लबसहित हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, दार्जे्लिङ युनाइटेड भारत, विजय युथ क्लब हेटौडा, मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्स इलाम, विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ र न्यू स्टार सुनसरीको सहभागिता रहने छ । वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउँने छन् ।

त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाईसमेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको लागत ४३ लाख लाग्ने आयोजकले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ