arrow

शाहरुख खानले रसेललाई ‘बाहुबली’ बनाएपछि...

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
rasaela.jpg

काठमाडौं । कोलकाता नाइटराइडर्सले आईपीएल- १२ को १७ औँ म्याचमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५  विकेटले हरायो । टीमको सो जीतको हीरो आन्द्रे रसेल रहे। उनले १३ बलमा ४८ रन बनाए।  जीतसँगै नाइटराइडर्सका मालिक शाहरुख खानले रसेललगायत सबै टीमको प्रशंसा गरे । उनले बाहुबली फिल्मको पोस्टरमा अभिनेता प्रभासको स्थानमा रसेलको अनुहार भएको तस्विर ट्विट गरे ।

शाहरुख खानले ट्वीटमा लेखे , "टीमले शानदर खेल देखायो । क्रिस लिन, नितीश राणा र रबिन उथप्पासहित टीममा हरेक खेलाडिले शानदार काम गरे , तर तपाई यसमा सहमत हुनुहुनेछ  कि यो तस्वीर (रसेल बाहुबली भएको ) सबैमा भारी पर्नेछ ।"

शाहरूखको सो ट्वीट बाहुबलीको अफिसियल ट्विटर ह्यन्डलबाट रिट्वीट गरियो । जसमा लेखिएको थियो - कोलकाता नाइटराइडर्स, शानदार खेल। जय माहिष्मति, शाहरुख, आफ्नो उत्साहलाई जारी राखुन्।"

खेलमा टस हारेर पहिले ब्याटीङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ३ वेकटको नोक्सानीमा २ सय ५ रन बनाएको थियो। कप्तान बिराट कोहलीले ८४ रन बनाएका थिए। त्यसैगरि एबी डिविलियर्सले ६३ रनको योगदान दिएका थिए। कोहली र डिविलियर्सले दोस्रो विकेटका लागि १ सय ८ रनको साझेदारी गरेका थिए।

कोलकाताका नितिश राना, सुनिल नाराईन र कुलदिप यादवले १-१ विकेट लिएका थिए। कोहली र डिविलियर्सको आक्रमणलाई रोक्न कोलकाताका बलरहरुलाई हम्मे हम्मे परेको थियो।

जवाफमा ब्याटिङ गर्न आएको कोलकाताले १९.१ ओभरमा २सय ६ रन बानउँदै जित हात पारेको हो। कोलाकताका लगि आनद्रे रशेलले १३ बलमा ७ छक्का र १ चौकाको मदतले ४८ रन बनाएका थिए। त्यसैगरि क्रिस लिनले ४३ रन बनाएका थिए भने रोबिन उथप्पा र नितिश रानाले ३३-३३ रनको योगदान दिएका थिए।

बेंगलोरका पवन नेगीले २ विकेट लिएका थिए भने नवदिप सैनीले पनि २ विकेट लिएका थिए। त्यसैगरि युजभेन्द्र चहलले १ विकेट हात परेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ