arrow

सहयोगका लागि भेनेजुएलाका राष्ट्रपतिको आह्वान

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
nicolas-maduro-president-venezula.jpg

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

आफ्ना समर्थकहरुलाई शनिबार राजधानी काराकासमा सम्बोधन गर्दै उनले मेक्सिको, बोलिभिया, उजुग्वे र क्यारेबियन देशहरुलाई वार्ताका लागि सहजीकरण गरिदिन र शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

“हाम्रा सहयोगी र समर्थकहरुलाई हाम्रो देशको राजनीतिक संकट अन्त्यका लागि सहयोगी भूमिका खेल्न हामी आग्रह गर्दछौँ,” उनले भने । उनले भेनेजुएलाको हितका लागि विपक्षीसँग वार्ता, लचकता र सम्झौता गर्न आफू तयार रहेको पनि बताए ।

“आउनु होस्, वार्ताको टेबुलमा बसौँ, एकअर्काप्रतिको आक्रमण बन्द गरौँ,” मदुरोले भने ।  उनले राजनीतिक परिवक्वता देखाउन र राष्ट्रिय चासोको ख्याल गर्न पनि विपक्षीहरुलाई आग्रह गरे।  

भेनेजुएलाको सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानी कारकासमा गत शनिबार छुट्टा छुट्टै कार्यक्रम गरेका थिए ।

विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका हुवाँ गुएइदोले आफूलाई राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक सङ्कट चर्किएको छ ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ