arrow

सोमबार नौ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ ।

ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ । बैंकका अनुसार रु छ अर्ब बराबरको ट्रेजरी  ३६४ दिनका लागि, रु एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ । बैंकले यसअघि यही चैत १८ गतेसमेत ट्रेजरी बिल बिक्री गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ