arrow

प्रम ओलीकाे चीन भ्रमण : ‘व्यापार, पारवहन, ट्रेडमार्क, इन्धन र पेट्रोलियम अन्वेषण सम्झौता’

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
som-prashad-pandey-new.jpg.jpeg
काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेबाट हुने चीन भ्रमणको क्रममा चीनसँग व्यापार तथा पारवहन सन्धि, इन्धन आपूर्ति, ट्रेडमार्क  र पेट्रोलियम अन्वेशण सम्बन्धी सम्झौता हुने बताएका छन् । रिपोर्टर्स क्लबमा बुधवार आयोजित साक्षात्कारमा उनले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने विषयमा चीनले सहयोग गर्ने बताईसकेकाले त्यस विषयमा सम्झौता हुने भन्दै व्यापारलाई सहजीकरण गर्न ट्रेडमार्क सम्झौता हुने निश्चित भएको बताए । 
 
यसका अतिरिक्त पोखरा एयरपोर्ट निर्माणमा सहयोग गर्ने , हिल्सा पुल निर्माण सहित विभिन्न विकास निर्माणको विषयमा सम्झौता हुने जानकारी दिदै आर्थिक विकासको विषयमा एमओयू हुने बताए । प्रधानमन्त्रीको नियमित चीन भ्रमण भएकोले सम्बन्ध सुदृढीकरण र सहयोगलाई प्रगाढ बनाउने गरी भ्रमण हुन लागेको भन्दै चैत ५ गते बैठक बसेर भ्रमणको एजेण्डालाई अन्तिम रुप दिने बताए । 
 
मन्त्री पाण्डेले संविधान निर्माणपछि मुलुक आर्थिक विकासको चरणमा अघि बढीसकेको भन्दै त्यस अन्र्तगत नेपाली कच्चा पदार्थको उपयोग गर्ने उद्योग स्थापनकोलागि झापाको दमक, हेटौडाको मयूरधाप, रुपन्देहीको मोतिपुर, बाँकेको नौबस्ता, कन्चनपुरको देरीमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय भइसकेको बताउँदै सर्लाही र कास्कीमा पनि त्यसको अध्ययन भइरहेको जानकारी दिए । 
 
दुई वर्षभित्र औद्योगिक क्षेत्र सञ्चालमा आएर पाँच वर्ष भित्र १० लाखले प्रत्यक्ष र २० लाखले अप्रत्यक्ष रोजगारी पाउने दावी गर्दै औद्योगिक क्षेत्र जस्तै ईस्पेसल ईकोनोमिक जोन सेज निर्माणको काम पनि अघि बढेको मन्त्री पाण्डेले बताए । मन्त्री पाण्डेले मुलुकमा आर्थिक समृद्वि नभएसम्म देश विकास नहुने भन्दै मन्त्री पाण्डेले नेपाली कच्चा पदार्थको उपयोग गर्ने गरी उद्योग स्थापनाको लागि झापाको दमक, हेटाैँडाको मयुरधाप, रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्ता, कञ्चनपुरको देरीमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय भइसकेको बताए । 
 
विदेशमा ७५ प्रतिशत उत्पादित बस्तु निर्यात गर्ने उद्योगको लागि १३ ठाउँमा सेज निर्माण गरिने जानकारी दिँदै भैरहवामा रहेको करिब ५२ रोपनी जग्गामा उद्योग सञ्चालनको तयारी भइरहेको मन्त्री पाण्डेयले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ