arrow

शाहरुख खानको कोलकाता पुग्यो शीर्ष स्थानमा 

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
kolkatta.jpg

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको लगानी रहेको क्लब कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । 

आइतबार रातिको खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित कोलकाताले शीर्ष स्थानमा आफूलाई उभ्याएको हो । 

जयपुरमा भएको खेलमा घरेलु टोलीले पहिले ब्याटिङ गर्दै ३ विकेटको नोक्सानीमा १३९ रन बनायो । ड्यारेन स्मिथले ५९ बलमा नटआउट ७३ रन बनाए । 

जवाफमा कोलकाताले आकर्षक प्रदर्शन गर्दै १३.५ बलमा २ विकेटको नोक्सानीमा जित पायो । 

क्रिस लिनले ३२ बलमा ५०, सुनिल नाराइनले २५ बलमा ४७ तथा रोविन उथप्पाले १६ बलमा नटआउट २६ रन बनाए । 

यो जितपछि ५ खेलबाट ८ अंक बटुल्दै कोलकाता शीर्षमा पुगेको हो । डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किङ्स ८ अंकबाटै रनमा पछि पर्दै दोस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र किंगस ११ पंजाबको ६–६ अंक छ । राजस्थानको २ अंक हुँदा रोयल च्यालेन्जर्स बैंगलोरले हारमा रेकर्ड बनाएको छ । बैंगलोरले आइपिएलको हिस्ट्रीमा सुरुआतका ६ खेल हार्ने रेकर्ड बनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ